काठमाडौं । तीनेकुने क्षेत्रमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाका परिवारलाई सरकारले रातहस्वरुप १०/१० लाख दिने निर्णय गरेको छ। बुधबार गृहमन्त्री रमेश लेखकले मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख प्रदान गर्ने निर्णय गरेका हुन् ।
यस विषयमा गृहले अर्थ मन्त्रालयसँग समन्वय गरिसकेको छ। गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको थियो।
सरकारले यसअघि नै प्रदर्शनका क्रममा घाइते भएकाहरूको निः शुल्क उपचार गर्ने निर्णय गरेको थियो।