काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
बुधबार अपराह्न रौतहटबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा दुर्घटनामा परेको हो।
सुमो सडकबाट झन्डै सय मिटर तल खसेको छ। सुमोमा चालकसहित १० जना रहेकोमा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सुमो चालक भने घट्ना स्थलमा नरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौंतर्फ पठाएको मकवानपुर प्रहरीले बताइएको छ।