३ सय किलो गाँजासहित एक जना पक्राउ

३ सय किलो गाँजासहित एक जना पक्राउ

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • ३ सय किलो गाँजासहित एक जना पक्राउ

    काठमाडौं । तीन सय किलो गाँजासहित एक जना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कारसहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

    मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवि–राँके सडक खण्डबाट कारसहितको गाँजा बरामद गरेको हो ।

    को १ च ३४७८ नम्बरको कारलाई शंका लागी चेक गर्दा कारभित्र कालो प्लास्टिकले बेरेको १० पोकामा ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

    गाँजा बरामद भए सँगै कार र चालक विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij