पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

    काठमाडौं । गत शुक्रबार राजावादीको तीनकुेन प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बुधबार पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भएको हो ।

    एक्स रे गर्दा उनको शरिरमा गोली नलागेको पुष्टि भएको हो । त्यसपछि चिकित्सकहरूले पोस्टमार्टम गरेका थिए । उनको जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ । साथै उनलाई मारेर जलाइएको भन्ने हल्ला पनि भ्रामक रहेको पुष्टि भएको छ । 

    राजावादीले आगो लगाएका तीनकुनेस्थित भवनमा रजकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । त्यस प्रदर्शनका क्रममा कीर्तिपुरमा सविन महर्जनको पनि मृत्यु भएको थियो । उनलाई भने गोली लागेको पुष्टि भएको थियो । महर्जनका परिवारले उनको शव बुझिसकेका छन् । अब रजकका परिवारले पनि शब बुझ्नेछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij