बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा सर्वोच्चले दियो कारण देखाउ आदेश

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा सर्वोच्चले दियो कारण देखाउ आदेश

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा सर्वोच्चले दियो कारण देखाउ आदेश

    काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायधीश नहकुल सुवेदीको एकल इजलास मुद्दामा एक महिनाको समय दिएर कारण देखाउन भनेको हो । 

    सरकारी पक्षसँग छलफल गरेपछि मात्रै अन्तरिम आदेशबारे टुंगोमा पुग्नुपर्ने निर्णय सुनाइएको हो । चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले रिट दायर गरेकी थिइन् । प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता नभएको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदरको माग रिटमा गरिएको छ ।

    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्‍चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई बिपक्षी बनाइएको छ । 

    फागुन १२ गते सरकारले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij