मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान, एक साता घाइतेको उपचारमा खटिने

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान, एक साता घाइतेको उपचारमा खटिने

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान, एक साता घाइतेको उपचारमा खटिने

    काठमाडौं । भूकम्पका कारण क्षति भएको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान  गरेको छ। नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो। 

    प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन-२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो।

    विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन्।

    उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्नेछ । म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।  उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्ने जनाइएको छ ।

    खोज र उद्धारमा समस्या भएपछि म्यानमारले विश्व समूदायलाई सहयोगका लागि आह्वान गरेको छ। चीन, भारतलगायत आसपासका देशहरूले खोज, उद्धारका लागि सेना र बन्दोबस्तीका सामग्री पठाएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij