सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु

सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु

    सोलुखुम्बु । सगरमाथा आधार शिविरमा  श्रमिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा दोलखाको गौरीशंकर गाउँपालिका-९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए।

    यही चैत १७ गते साँझ ७:३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ।

    शवको कानूनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौं लगिएको थियो।

    शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लगेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij