आन्दोलनमा सहभागी हुन देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे

आन्दोलनमा सहभागी हुन देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • आन्दोलनमा सहभागी हुन देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू काठमाडौ आइपुगेका छन् । शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन ।

    आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने छन् । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ । 

    विगतको सहमति अनुसार ऐन जारी भए तत्काल आन्दोलन छोडेर घर फर्किने जनाइएको छ । शिक्षा विधेयक संसदमा दर्ता भएपछि २०८० असोज ३ मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए । तीन दिनको आन्दोलनपछि सरकारसँग महासंघसहित अन्य संघसंगठनबीच असोज ५ मा ६ बुँदे सम्झौता भएको थियो ।

    सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका छन् । तर हिउँदे अधिवेशन अन्त्य भएको छ ।हाल विधेयक संसदको शिक्षा समितिमा छलफलको क्रममा छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij