युवकको हत्या आरोपमा ७ जना पक्राउ

युवकको हत्या आरोपमा ७ जना पक्राउ

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • युवकको हत्या आरोपमा ७ जना पक्राउ

    काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ का एक युवकको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । मकवानपुरको बाग्मती गाउँपालिका–८ भुवनचुतिस्थित हेटौंडा–धरान चतरा सडकको नालामा हटिया–१६ का ३८ वर्षीय मिलन दंगालको शव बुधबार बिहान फेला परेको थियो ।

    प्रहरीले हत्या गरेको आशंकामा उनको साथीसहित सात जनलाई पक्राउ गरेको हो । दंगालको टाउकोमा चोटपटक रहेको छ । बेलुका होटलमा झैझगडा भएको थियो । आपसी झगडाको कारणले उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । झगडामा सलग्न रहेका व्यक्तिहरुलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij