विभागको अनुगमन तीब्र, ७ फर्मलाई कागजात सहित उपस्थित हुन निर्देशन

विभागको अनुगमन तीब्र, ७ फर्मलाई कागजात सहित उपस्थित हुन निर्देशन

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • विभागको अनुगमन तीब्र, ७ फर्मलाई कागजात सहित उपस्थित हुन निर्देशन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको हो । 

    अनुगमनका क्रममा एउटा फर्मको  बिक्री रोक्काको सहित ७ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

    ‘स्वच्छ र प्रतिस्पर्धी बजार ः उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नाराका साथ गरिएको अनुगमनका क्रममा  स्पार्क अटो केयर प्रा. लि. (काठमाडौं महानगरपालिका–८) बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ६ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

    गौरङ्ग सारीज प्रा. लि. (काठमाडौं महानगरपालिका–३१), सी.जी. मोटर्स प्रा. लि. (ललितपुर महानगरपालिका–०२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. (विराटनगर महानगरपालिका–०९), सिजन आई।टी। (काठमाडौं महानगरपालिका–२२), अर्बन गेअर्स(काठमाडौं महानगरपालिका–३१), गाभिनो फेशन वेयर (काठमाडौं महानगरपालिका–३१) लाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

    भी।जी। अटोमोबाइल्स प्रा.लि. (काठमाडौं महानगरपालिका) को भने बिक्री वितरण फुकुवा गरिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij