सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

    काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । आज एक कार्यक्रममा उनले पत्रकार सुरेश रजक र सवारी मजदुर सविन महर्जनको परिवारलाई आर्थिक राहत दिने बताएका हुन् ।

    उनले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने गरेका छन् ।

    राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट रोक्न बहादुरी गरेको भन्दै गुरुङ दम्पत्तिले सुरक्षागार्ड दुलप्रसाद पराजुली लगायत ५ जनालाई नगद सम्मान गरे । पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको छ ।

    अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ । 

    यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार १ सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

    सुरक्षा गार्ड पराजुलीले त्यस दिन लुटपाट गर्नेहरूको एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिटेर लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    पराजुली २२ वर्षदेखि भाटभटेनीमा काम गर्दै आइरहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij