काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयु) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।
स्ववियु सभापतिमा नेविसंघका विकेक खड्का विजयी भएका छन् । खड्काले १ हजार १ सय ८८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्वियुका जगतजंग शाहीले ९० सय ८ मत ल्याए । अखिल क्रान्तिकारीका प्रकाश विकले २ सय ७५ मत प्राप्त गरेका छन् ।
सचिवमा भूपेन्द्र आचार्यले १ हजार ३ सय ९६ मत ल्याएर विजयी भए भने कोषाध्यक्षमा लोकप्रसाद रिजालले १ हजार २ सय ५५ मत ल्याएर निर्वाचित भएका छन् ।
मंगलबार राति सम्पन्न मतगणना अनुसार सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।सोमबार भएको मतदानमा २८ सय ६४ मत खसेको थियो । त्यस्तै समानुपातिकतर्फ २ हजार ८ सय ६२ मत खसेको थियो । मध्यपश्चिम विश्वविद्यालयमा कुल ४ हजार ३ सय ८३ मतदाता थिए ।