कुलमान घिसिङ र हितेद्रदेव शाक्यको मुद्धा हेर्दाहेर्दैमा

कुलमान घिसिङ र हितेद्रदेव शाक्यको मुद्धा हेर्दाहेर्दैमा

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • कुलमान घिसिङ र हितेद्रदेव शाक्यको मुद्धा हेर्दाहेर्दैमा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हाल नियुक्त हितेन्द्रदेव शाक्यले दायर गरेका छुट्टाछुट्टै रिटमा मंगलबार सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो।

    तर, सुनुवाइ नसकिएकाले दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ। यसअघि आइतबार पनि यी मुद्दाहरूको सुनुवाइका लागि पेशी तोकिएको थियो, तर सुनुवाइ हुन सकेको थिएन।

    पूर्वनिर्देशक घिसिङले आफ्नो कार्यकाल बाँकी रहँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफ्नो पदस्थापनालाई स्थगित गर्न अन्तरिम आदेशको माग गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij