सांसद बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकामा भोलि शोक बिदा

सांसद बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकामा भोलि शोक बिदा

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • सांसद बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकामा भोलि शोक बिदा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको निधनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार शोक बिदा दिएको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै भोलि (बुधबार) सिद्वाथ नगरमा शोक बिदा दिने निर्णय गरेको हो ।

    शोक बिदाका दिन सिद्धार्थनगर नगरपालिका मातहतका वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक तथा  संस्थागत विद्यालयहरू बन्द रहने नगर प्रमुख इश्तियाक अहमद खाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विद्यालयमा सञ्चालन भइरहेको पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरू भने सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । सांसद बोहोराको निधनमा मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव समेत पारित भएको छ ।

    काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा मंगलबार सांसद बोहोराको निधन भएको थियो । बोहोरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij