तीनकुने घटना : १८ जनालाई तीन दिनको म्याद थप

तीनकुने घटना : १८ जनालाई तीन दिनको म्याद थप

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • तीनकुने घटना : १८ जनालाई तीन दिनको म्याद थप

    काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका १८ जनाविरुद्ध तीन दिनको म्याद थप भएको छ ।

    पक्राउ परेका १८ जनामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित कसुर अन्तर्गको मुद्दा चलाइएको छ । अन्य १० जनालाई भने आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा चलाइएको हो । प्रहरीले यो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ ।

    यसअघि सोमबार प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।

    मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij