लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयनयोग्य कार्यक्रम तथा योजना आवश्यक : अर्थमन्त्री पौडेल

लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयनयोग्य कार्यक्रम तथा योजना आवश्यक : अर्थमन्त्री पौडेल

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयनयोग्य कार्यक्रम तथा योजना आवश्यक : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् ।

    आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरू आवश्यक भएको बताएका हुन् ।

    उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए । 

    अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरुलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए । 

    श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाहरुको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij