हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।

    सोमबार सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै मंगलबार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७९ हजार ७ सय  रुपैयाँमा कायम भएको छ । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि चाँदीको सोही मूल्यमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij