इनरुवा । सुनसरीमा विद्युत् सर्ट भई आगलागी हुँदा २९ घर जलेर नष्ट भएका छन् । जिल्लाको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोलामा साेमवार भएकाे आगोलागी भएको हाे ।
विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर पूर्ण रूपले जलेर नष्ट भएको प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। आगलागीमा स्थानीय सिकन्दर अली, जुबेर अली, सब्बिर अली, अबुहेलाल अली, इम्ताज आलम, अशफाक अली, इमशाक अली, प्रवेज अलीकाे घर जलेकाे छ ।
त्यसैगरी इर्फान मियाँ, फैयाज आलम र कैशर अलीको घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय नइम अन्सारीले जानकारी दिए। घर जल्ने अन्यमा नजाम मियाँ र नौशाद मियाँ रहेका छन् । यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, फर्निचरका सामग्री, गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताए।
यसैबीच अग्निपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिए।