त्रिवि विश्वविद्यालय क्याम्पसको सभापतिमा नेविसंघका दिपकराज जोशी विजयी

त्रिवि विश्वविद्यालय क्याम्पसको सभापतिमा नेविसंघका दिपकराज जोशी विजयी

सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • त्रिवि विश्वविद्यालय क्याम्पसको सभापतिमा नेविसंघका दिपकराज जोशी विजयी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन् । 

    उनले ७ सय ८९ मत प्राप्त गरेका छन् । कुल ३ हजार १ सय १८ मत खसेकोमा जोशीले ७ सय ८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरेका छन्।

    त्यस्तै, अखिल क्रान्तिकारी प्रविन दाहालले ७ सय २७ मत प्राप्त गरेका छन्। अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पदमा भुसालले १ सय ६६ र उज्जवल खड्काले ७ सय १७ मत प्राप्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij