चिनीको मूल्य बढ्यो, प्रतिकिलोको कति ?

चिनीको मूल्य बढ्यो, प्रतिकिलोको कति ?

सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • चिनीको मूल्य बढ्यो, प्रतिकिलोको कति ?

    काठमाडौं । चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको विवरण अनुसार चिनी प्रतिकिलो ३ रूपैयाँले बढेको हो । 

    संघले १५/१५ दिनमा खाद्यान्नको मूल्य सार्वजनिक गर्दै आएको छ । संघले सार्वजनिक गरेको चैत १ गतेको तथ्यांक अनुसार बजारमा चिनी एक सय दुई रूपैयाँ कारोबार भइरहेको थियो। 

    चैत १५ को तथ्यांकअनुसार बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको छ। संघले सार्वजनिक गरेको मूल्य अधिकतम मूल्य हो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij