प्रधानमन्त्रीले गराए थाइल्यान्ड भ्रमणको जानकारी, दुई समझदारीमा हस्ताक्षर हुने

प्रधानमन्त्रीले गराए थाइल्यान्ड भ्रमणको जानकारी, दुई समझदारीमा हस्ताक्षर हुने

सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • प्रधानमन्त्रीले गराए थाइल्यान्ड भ्रमणको जानकारी, दुई समझदारीमा हस्ताक्षर  हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि मंगलबार थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन् ।

    नेपालको कार्यकारी प्रमुखले औपचारिक रुपमा ६५ वर्ष पछि थाइल्याण्डको भ्रमण गर्न लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुइ वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

    बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते नेपाल फर्किनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij