त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सुरु भयो मतदान

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सुरु भयो मतदान

सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सुरु भयो मतदान

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ ।  बिहान ८ बजेपछि मतदान सुरु भएको हो । 

    यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो । 

    उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो ।

    यसपटक त्रिविमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट  सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र  उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    इल्क्ट्रोनिक मतदान भइरहेको त्रिवि विश्वविद्यालय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij