आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले विपक्षीलाई जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले विपक्षीलाई जवाफ दिने

सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले विपक्षीलाई जवाफ दिने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

    विपक्षी दलहरुले कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो । त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिदै छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij