भोलीदेखि त्रिभूवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने

भोलीदेखि त्रिभूवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • भोलीदेखि त्रिभूवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । स्तरोन्नतीका क्रममा रहेको विमानस्थल दैनिक १४ घण्टा बन्द रहँदै आएकोमा चैत १९ गते अथात् भोलीदेखि दैनिक छ घण्टा मात्र बन्द गरिने भएको हो । 

    कात्तिक २३ देखि विमानस्थलको रन वे विस्तारसँगै पार्किङ क्षेत्र विस्तारका लागि भौतिक काम भइरहेको छ । जसले गर्दा विमानस्थलको उडान अवतरण प्रभावित हुँदैआएको छ । यसअघि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा रहेको थियो ।

    अप्रिल १ देखि विहान ६ बजेदेखि राति १२ बजेसम्म दैनिक १८ घण्टा विमानस्थल सञ्चालन गर्ने गरी तयारी भएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij