काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने पुन : फर्किएका छन्। सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि आफूलाई प्रहरीले हिरासतमा लिएपछि उनले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई तोकेका थिए।
आइतबारदेखि भने लामिछाने आफैंले सभापतिको जिम्मेवारी सम्हालेको हो । पार्टीको सोमबार बस्ने दोस्रो केन्द्रीय समितिको बैठक लामिछानेले नै चलाउने छन्।
पार्टी र सदनको गतिविधि, लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रम, राजनीतिक प्रतिवेदन, महाधिवेशन कार्यतालिका र विविध एजेण्डामा छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो।