‘फरार’ दुर्गा प्रसाईको भिडियो सन्देश : म भागेको छैन

‘फरार’ दुर्गा प्रसाईको भिडियो सन्देश : म भागेको छैन

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • ‘फरार’ दुर्गा प्रसाईको भिडियो सन्देश : म भागेको छैन

    काठमाडौं । 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू काठमाडौंको कुनै एक मन्दिरमा रहेको र नभागेको बताएका छन्।

    उनले आफू भागेको नभइ सुरक्षित बनेको तर्क गरेका छन् । प्रसाईंले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’

    शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए। सो क्रममा उनले कयौं पटक अश्लील शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएको छ । प्रहरी अहिले पनि उनको खोजीमा रहेको छ ।

    उनले आफू सुरक्षित मात्रै बसेको मात्रै उनले बताएका छन् । ‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन,’ उनले भनेका छन् ।

    त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् ।

    ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् ।

    उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडिओमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij