ज्ञानेन्द्र शाहले जरिवानापत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारीमा महानगर

ज्ञानेन्द्र शाहले जरिवानापत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारीमा महानगर

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • ज्ञानेन्द्र शाहले जरिवानापत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारीमा महानगर

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारी गरेको छ । जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो ।

    “त्यहाँ (निर्मल निवास)मा पत्र बुझ्न मानेनन् । अब हुलाकबाट पठाउने तयारी हुँदैछ,” महानगर स्रोतले भन्यो ।

    शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

    राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

    ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij