नागार्जुन नगरपालिकामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

नागार्जुन नगरपालिकामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • नागार्जुन नगरपालिकामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

    काठमाडौं ।  काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    शनिबार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ –०१–०२४  च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।

    दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गाडी चालक भिमेश्वर –४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij