अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ

अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ

    काठमाडौं । अमेरिकामा पक्राउ परेर भुटान फिर्ता पठाइएका भुटानी शरणार्थीलाई पूर्वी नेपालका शिविरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

    अमेरिकामा आपराधिक घटनामा संलग्न भएको आरोपमा अमेरिकी सरकारले त्यहाँ पुनर्वास भएका भूटानी शरणार्थीलाई भुटान फिर्ता पठाएको थियो । भुटानले जिम्मा लिएलगत्तै भारततर्फ ल्याएर छोडेको थियो । त्यसपछि भारतले आफ्‌नो सीमा कटाएर काँकरभिट्टा हुँदै नेपाल भित्र्याइदिएपछि नेपालले उनीहरूलाई शिविरबाट पक्राउ गरेको हो ।

    अमेरिकामा करिब १ लाख भुटानी शरणार्थी पुनर्वास भएका छन् ।

    अमेरिकी सरकारले अवैध रुपमा बसोबास गर्दै आएका अन्य देशका नागरिकलाई आफ्‌नै देश डिपोट गर्दै आएको परिवेशमा आफैंले लगेर पुनर्वास गराएकामध्ये ४ जना भूटानी शरणार्थीलाई आपराधिक गतिविधि गरको अभियोग लगाउँदै गत शुक्रबार भुटानको पारो बिमानस्थलमा ल्याएर भुटानलाई जिम्मा लगायो ।

    भुटानले तत्कालै नेपालकै शिविरमा जान आफ्‌नो सीमाना कटाएर छोड्यो । राति भारतीय सुरक्षाकर्मीले पनि आफ्‌नो सीमाना कटाएर नेपालतर्फ ल्याएर छोडे ।

    शुक्रबार बिहान उनीहरू आफू पहिले बसेको शिविर दमकस्थित बेलडाँगी आइपुगे । नेपाल प्रहरीले तीमध्ये ३ जनालाई शिविरबाटै पक्राउ गरेको हो। डिपोटमा परेका अन्य दुईजना आइतबार भुटान पुग्ने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij