काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन १८ गते हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन समितिले आज एक सूचना जारी गरेर निर्वाचन १८ गते सोमबार हुने जानकारी गराएको हो ।
सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति तय गरिएको हो ।
यसअघि चैत ५ गते विवादको कारण निर्वाचन हुन सकेको थिएन ।
