पूर्वराजासँग बालेनले मागे ७ लाख ९३ हजार जरिवाना, कुन शिर्षकमा कति ?

पूर्वराजासँग बालेनले मागे ७ लाख ९३ हजार जरिवाना, कुन शिर्षकमा कति ?

शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • पूर्वराजासँग बालेनले मागे ७ लाख ९३ हजार जरिवाना, कुन शिर्षकमा कति ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग ७ लाख ९३ हजार रुपैयाँ जरिवाना माग गरेको छ । महानगरले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको क्षतिको आधारमा विभिन्न ९ वटा शीर्षकमा जरिवाना तोकेको हो ।

    महानगरले पूर्वराजालाई पत्र लेख्दै जरिवानाबारे जानकारी गराएको छ ।

    शुक्रबार भएको प्रदर्शन हिंसात्मक बनेपछि महानगरको दमकलसहित अन्य सार्वजनिक संरचनामा क्षति पुगेको थियो । सोही घटनामा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

    राजावादी समर्थकहरूको आक्रोशका कारण दिनभर तीनकुने क्षेत्रमा तनावको अवस्था रहेकाे थियाे ।

    कुन शिर्षकमा कति जरिवाना ?

    487138403_672505928796824_539745074940931139_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij