बजारमा पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न लागिएको हल्ला फैलिएपछि के भन्छ राजावादी अभियान ?

बजारमा पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न लागिएको हल्ला फैलिएपछि के भन्छ राजावादी अभियान ?

शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • बजारमा पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न लागिएको हल्ला फैलिएपछि के भन्छ राजावादी अभियान ?

    काठमाडौं । बजारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न लागिएको हल्ला सर्वत्र फैलिएको छ । शुक्रबार तीनकुनेमा आयोजित राजावादीहरुको कार्यक्रमले हिंसात्मक रुप लिएपछि शाहलाई पक्राउ गर्ने हल्ला फिँजिएको हो । 

    बजारमा फैलिएको उक्त हल्लाले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मा पनि आशंका पैदा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले नै पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने प्रयास भइरहेको आशंका व्यक्त गर्दै शनिबार प्रेस विज्ञप्ति नै जारी गरेका छन् । 

    शनिबार जारी गरिएको विज्ञप्तिमा सुवेदिले सरकारले पूर्वराजालाई बदनाम गराउनका लागि उक्त घटनामा संलग्न देखाउने योजना बनाइएको  सरकार पूर्वराजालाई बदनाम गराउने तथा घटनामा संलग्न देखाउने उद्देश्यले नजरबन्द वा गिरफ्तारीको योजना बनाइरहेको दाबी गरेका छन् । साथै, यस्तो कदम चालिएमा देशभरबाट स्वतःस्फूर्त जनविरोध हुने चेतावनी दिएका छन् ।

    सुवेदीले शुक्रबार तीनकुनेमा आयोजित आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी र नेताहरूले सम्बोधन गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनका अनुसार, अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलिएको हो ।

    उनले दुर्गा प्रसाईँलगायत केही व्यक्तिहरूलाई पक्राउ पुर्जी जारी गरिएको, रवीन्द्र मिश्र, धवल शमशेर राणा र स्वागत नेपाललाई गिरफ्तार गर्ने योजना बनाइएको तथा आफूलाई घरमै नजरबन्दमा राखिएको आरोपसमेत लगाएका छन् ।

    विज्ञप्तिमा समितिले आफूहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको र जनताको स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपको विरोध गर्ने स्पष्ट पारेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij