रवीन्द्र र धवलशमशेर विरुद्ध मुद्दा चलाउँने तयारी, प्रसाईको खोजी हुंदै

रवीन्द्र र धवलशमशेर विरुद्ध मुद्दा चलाउँने तयारी, प्रसाईको खोजी हुंदै

शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • रवीन्द्र र धवलशमशेर विरुद्ध मुद्दा चलाउँने तयारी, प्रसाईको खोजी हुंदै

    काठमाडौं । राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबराविरद्ध मुद्दा चलाइने भएको छ । काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका मिश्र र जबराविरुद्ध फौजदारी अपराधमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको हो । 

    प्रहरीका अनुसार, त्यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको छ । राजावादी आन्दोदनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् । उनलाई पक्राउ गर्न र जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । 

    आज प्रदर्शनमा उत्रिए सुरुमै दमन गर्ने प्रहरी रणनीति छ । राजवादीको प्रदर्शन शुक्रबार हिंसात्मक हुँदा एक सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भएको थियो । ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए भने एक दर्जन स्थानमा ढुंगामुढा र आगजनी भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij