नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका स्टुअर्ट नियुक्त

नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका स्टुअर्ट नियुक्त

शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका स्टुअर्ट नियुक्त

    काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल निुयुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

    क्यानले शुक्रबार विज्ञप्ति जारी गरेर स्टुअर्ट दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ । मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो । जसअनुसार सर्टलिस्ट गरेर क्यानले अन्तर्वार्तासमेत लिएको थियो ।

    यसअघि उनले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षकको भूमिका निभाएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij