रविन्द्र मिश्र र धवल शमसेरसहित १७ जना पक्राउ, दुर्गा प्रसाईं फरार

रविन्द्र मिश्र र धवल शमसेरसहित १७ जना पक्राउ, दुर्गा प्रसाईं फरार

शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • रविन्द्र मिश्र र धवल शमसेरसहित १७ जना पक्राउ, दुर्गा प्रसाईं फरार

    काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि  रविन्द्र मिस्र, धवलशमसेर सहित १७ जना पक्राउ परेका छन् । दुर्गा प्रसाईं भने फरार भएका छन् । 

    शुक्रबार राती पक्राउ पर्नेहरूमा  राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाल रहेका छन् । उनीहरूलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो । आन्दोलनका क्रममा गाृली लागेर एक जना आन्दोलनकारी र घरमा भएको आगजनीमा परेर एक पत्रकारको ज्यान गएको छ ।   

    ढुंगामुढा र आगजनीका घट्ना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निशेधाज्ञा बिहान सातवजेसम्म बढाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij