जडीबुटी उत्पादन तथा प्रशोधन भवनमा लागेको आगो नियन्त्रणमा

जडीबुटी उत्पादन तथा प्रशोधन भवनमा लागेको आगो नियन्त्रणमा

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • जडीबुटी उत्पादन तथा प्रशोधन भवनमा लागेको आगो नियन्त्रणमा

    काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ । कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो ।

    कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्णरुपमा जलेको छ । क्षतिको विवरण आइसकेको छैन । उक्त भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको थियो ।

    दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी अगजानी गरेका थिए ।

    अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका बाहिरबाट अचानक ढुंगामुढा सुरु भएको थियो । भवनको सिसा फुटाउन थालेपछि कर्मचारी ज्यान जोगाउन पछाडीको बाटो भएर भागेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij