काठमाडौं । राजावादी समूहले राजधानीको तिनकुनेमा आगजनी गरेको घरमा जलेर एक जना पत्रकारको ज्यान गएको छ । जलेर ज्यान गुुमाउँनेमा एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजक रहेका छन् ।
एभिन्युज टीभीका लागि अग्लो घरको छतबाट भिडियो खिचिरहेको समयमा राजावादीले घरमा ढुंगामुढा गरी आगजनी समेत गर्दा रजकको सोहि घरमा जलेर मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ ।
सोहि शव एभिन्युज टीभीमा कार्यरत पत्रकार रजकको हुन सक्ने बताइएको छ । रजकका भान्जा राजेशका अनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनले बताए ।