काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादी प्रदर्शनकारीले आगो लगाएका छन् । तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् ।
उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा रहेका केही गाडी पनि तोडफोड गरेका छन् ।