काठमाडौं । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । राजावादीहरूले तीनकुनेको एक घरमा आगो लगाएका छन् । उक्त घरमा आगो निभाउन गएको दमकललाई प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो ।
त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ । काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।
त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ ।