प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । 

    विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।  तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।

    घिसिङलाई सरकारले पदबाट हटाएको प्रकरणमा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । 

    सभामुख देवराज घिमिरेले बिहान ११ बजे बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा पनि दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij