सामाजिक सञ्जालमा हिंसात्मक गतिविधि फैलाउने खालका सुचना पोस्ट नगर्न साइबर व्युरोको अनुरोध

सामाजिक सञ्जालमा हिंसात्मक गतिविधि फैलाउने खालका सुचना पोस्ट नगर्न साइबर व्युरोको अनुरोध

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • सामाजिक सञ्जालमा हिंसात्मक गतिविधि फैलाउने खालका सुचना पोस्ट नगर्न साइबर व्युरोको अनुरोध

    काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्महरूमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउने खालका अभिव्यक्तिहरू पोस्ट भइरहेको भन्दै त्यसो नगर्न नेपाल प्रहरीको साइबर ब्युरोले अुनरोध गरेको छ । शुक्रबार गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु भइरहँदा ब्युरोले सामाजिक सञ्जालमा संयमित हुन सूचना जारी गरेको हो ।

    ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्नरनगराउन अनुरोध गरेको छ ।

    यस्ता गतिविधिसँग सम्बन्धित विषयवस्तुहरू सामाजिक सञ्जालमा सेयर नगर्न समेत ब्यूरोले भनेको छ ।

    सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी झमेलामा पर्न सक्ने भएकाले जिम्मेवार भएर प्रयोग गर्न समेत ब्यूरोले भनेको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij