काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो ।
राजावादीको प्रदर्शनका लागि तीनकुनेमा स्थान तोकेको थियो । तर, उनीहरू बानेश्वरतर्फ जान खोजेपछि धकेलाधकेल भएको हो ।
प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा बार तोड्न खोजेपछि ब्यारियर तोड्न खोजेपछि प्रहरीले रोकेको थियो ।