काठमाडौं । बानेश्वर–तीनकुने सडकको मुख्य लेनमा पुलिसले बार लगाएको छ । सर्वसाधारणलाई भने साइडको लेनबाट हिँडन दिएको छ। शंकास्पद गतिबिधिको पनि चेकिङ भैरहेको छ।
राजावादीहरुले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छन् । जसका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
आजै गणतन्त्रवादी समाजवादी मोर्चाले पनि काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गरेका छन् ।
राजावादीलाई रिङरोड भित्र छिर्न नदिने र गणतन्त्रवादीलाई रिङरोडतर्फ जान नदिन सुरक्षा निकायले सावधानी अपनाएको छ । सुरक्षा व्यवस्था चुस्त राख्न ३५ हजार प्रहरी सडकमा तैनाथ छन् ।