काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि सो जहाज पुन : रामेछाप नै फिर्ता भएको छ । समिट एयरको जहाज आज शुक्रबार बिहान ८ः४५ बजे उडेको केही बेरमै इन्डिकेटरमा समस्या देखिएपछि रामेछाप नै फिर्ता भएको हो ।
रामेछापमै अवतरण गरी पार्किङ बेमा पुगेको छ । अब प्राविधिक जाँचपछि मात्र जहाज उडाउन मिल्ने वा नमिल्ने भन्ने थाहा हुने जनाइएको छ ।
समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी४१०’ सिरिजको यो जहाज अहिले रामेछाप मन्थली विमानस्थलमा रहेको छ ।