काठमाडौंका दुई ठाउँमा प्रदर्शन : कुन–कुन स्थानमा हुँदैछ यातायात प्रभावित ?

काठमाडौंका दुई ठाउँमा प्रदर्शन : कुन–कुन स्थानमा हुँदैछ यातायात प्रभावित ?

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौंका दुई ठाउँमा प्रदर्शन : कुन–कुन स्थानमा हुँदैछ यातायात प्रभावित ?

    काठमाडौं ।  शुक्रबार काठमाडौँमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित हुने देखिएको छ । 

    गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन् । 

    माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्‍याली निकाल्नेछ। माओवादी केन्द्रले निकाल्ने र्‍याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित  सभा हुने स्थल पुग्नेछ।

    माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्‍याली निकाल्ने छ। उक्त र्‍याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ।  

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्नेछ। उनीहरूको र्‍याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने जनाइएको छ । 

    नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्‍याली निकाल्नेछ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट  नेकपा (एकीकृत समाजवादी)ले र्‍याली निकाल्नेछ। मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ।

    यी स्थानमा १२ बजेपछि यातायात प्रभावित हुनेछ । त्यस्तै सोह्रखुट्टेबाट क्षेत्रपाटी, असन, जमल कमलादी, पुतलीसडक, पद्यमोदय, र बागबजार लगायतका स्थानमा पनि यातायात व्यवस्थापन प्रभावित हुने भएको छ । 

    दुई फरक फरक विचारधाराका समूहले एकैदिन प्रदर्शन गर्ने भएकाले सुरक्षा चुनौती पनि सामान्य भन्दा बढेको छ।

    दुई पक्ष भेट हुने र मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै शुक्रबारको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।  

    भृकुटीमण्डपको कार्यक्रमका लागि टुँडिखेल घुम्ने सडक बिहानैदेखि बन्द गरिएको छ। विभिन्न ठाउँमा बिहानैदेखि सवारी साधन डाइभर्सन गरिएको छ।

    तर,  र्‍याली निकाल्ने र प्रदर्शन स्थलबाहेक अन्यत्र यातायात प्रभावित नहुने जनाइएको छ । 

    julush

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij