सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।यो भाउ हालसम्मकै उच्च हो । 

    विहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    चैत ७ गते कायम उचाई १ लाख ७६ हजार रुपैयाँको उचाईलाइै ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

    आज चाँदीको प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ कायम महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij