एसईईलाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले गरे प्रदर्शनको समय संशोधन

एसईईलाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले गरे प्रदर्शनको समय संशोधन

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • एसईईलाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले गरे प्रदर्शनको समय संशोधन

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् ।

    यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको हो । एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी गरेको छ ।

    जसमा पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ ।

    त्यसपछि भक्तपुर तिनकुने हुँदै चाबहिल, गोंगबु लगायतका क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । समितिले तिनकुनेमा सभा राखेको छ ।

    शुक्रबारै गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले समेत शक्ति प्रदर्शन गर्दैछ । उनीहरुका लागि भृकुटीमण्डपमा सभा गर्ने स्थान तोकिएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij