एसईईका विद्यार्थीले घर फर्कीन गाडी नपाए काठमाडौं महानगर प्रहरीले पुर्याइदिने

एसईईका विद्यार्थीले घर फर्कीन गाडी नपाए काठमाडौं महानगर प्रहरीले पुर्याइदिने

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • एसईईका विद्यार्थीले घर फर्कीन गाडी नपाए काठमाडौं महानगर प्रहरीले पुर्याइदिने

    काठमाडौं । ठमाडौंमा आज राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ । जस कारणले काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने अनुमान गरिएको छ । त्यहि अस्तव्यस्ततालाई लिएर काठमाडौँको सवारी साधन न्यून संख्यामा गुडिरहेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।

    यसै विषयलाई मध्यनगर गर्दै काठमाडौँ महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुरयाउने भएको छ । एक सूचना जारी गर्दै प्रहरी बलले गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ । 

    वानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश कुमार अर्याल (९८५१०६८०९६), रत्नपार्क क्षेत्रका विद्यार्थीलाई मनोज प्रसाद लामिछाने (९८५१०९३१७६) नयाँ बसपार्क क्षेत्रका विद्यार्थीले पूर्णचन्द्र भट्ट (९८५१२३३६३३)  र टेकु क्षेत्रका विद्यार्थीले प्रकाश पण्डित (९८५१०५६३४६)लाई सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ । 

    साथै हटलाईन ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सक्ने महानगर प्रहरी बलले जानकारी दिएको छ । 

    mm

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij