कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैको पेसी आज

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैको पेसी आज

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैको पेसी आज

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सरकारले पदमुक्त गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको पेसी शुक्रबारको लागि तोकिएको छ । सर्वोच्च अदालतले बिहीबार दुवैको रिट दर्ता गर्दै शुक्रबारको लागि पेसी तोकेको हो । 

    घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै बुधबार पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्चले दर्ता गरेको थियो। सरकारको निर्णय बदर गरी कार्यकारी निर्देशकमा पुनस्र्थापना गर्नुपर्ने उनको माग छ ।

    शाक्यले भने करिब चार वर्ष पहिलेदेखि अदालततमा रहेको आफ्नो मुद्दा टुंग्याउन निवेदन दिएका छन् । तत्कालिन सरकारले गैरकानुनी रुपमा सरुवा गरेको र त्यो अवधिको सेवासुविधा उपलब्ध गराउन उनले माग गरेका छन् ।   

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij