भारतसँग थप ४ घण्टा विद्युत् आपूर्ति गर्न सहमति, लोडसेडिङको सम्भावना टर्यो

भारतसँग थप ४ घण्टा विद्युत् आपूर्ति गर्न सहमति, लोडसेडिङको सम्भावना टर्यो

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • भारतसँग थप ४ घण्टा विद्युत् आपूर्ति गर्न सहमति, लोडसेडिङको सम्भावना टर्यो

    काठमाडौं । भारतले नेपाललाई थप ४ घण्टा विद्युत् आपूर्ति गर्ने सहमति जनाएको छ । ऊर्जा तथा परराष्ट्र तहको कूटनीतिक पहलपछि इण्डियन इनर्जी एक्सचेञ्जमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउने स्वीकृति भारतले दिएको हो ।

    यस विद्युत् आपूर्तिको लागि ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइन प्रयोग गरिनेछ । हालसम्म भारतले सोलार आवरमा १,०४ मेगावाट विद्युत् प्रदान गरिरहेको थियो, जसलाई थप वृद्धि गरी नयाँ समय तालिका लागू गर्ने तयारी गरिएको छ ।

    नयाँ व्यवस्था अनुसार मध्यरातदेखि विहान ४ बजेसम्म, विहान ६ बजेदेखि साँझ ५ बजेसम्म, र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् उपलब्ध हुनेछ । साथै, टनकपुर-महेन्द्रनगर प्रसारण लाइनमार्फत थप ५४ मेगावाट विद्युत् आयात गर्न सकिने बताइएको छ ।

    सुख्खा याममा विद्युत् अभाव हुन नदिन सरकारले भारतसँग अतिरिक्त आपूर्तिको माग गरेको थियो। यसै क्रममा भएको सहमतिले नेपालमा लोडसेडिङको सम्भावना टरेको छ । 

    हालै नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशकको नियुक्ति सँगसँगै लोडसेडिङबारे विभिन्न अड्कलहरू चलेका थिए, तर भारतबाट थप विद्युत् आपूर्ति सुनिश्चित भएसँगै यी अड्कलहरू निराधार देखिएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij